२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना



काठमाडौं ।

कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

नेपालमा अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापसमा छ।

प्रकाशित मिति : २९ भाद्र २०८१ शनिबार ००:००  ७ : ३८ बजे