३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बागलुङ दुर्घटनाः गाडीमा थिए पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी



काठमाडौं ।

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । मृतकको सनाखत हुन बाँकी छ ।

घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको बताए । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१ शुक्रबार ००:००  १० : १८ बजे