३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बागलुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु



बागलुङ ।

गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेट भएको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।

सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २८ भाद्र २०८१ शुक्रबार ००:००  १० : १० बजे