३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेकपा एमाले कृष्णनगरको दोश्रो नगर अधिवेशन शुरु



कृष्णनगर ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटिको दोश्रो नगर अधिवेशन उद्योग वाणिज्य संघको सभाहलमा आजदेखि शुरु भएको छ । नगर अधिवेशनको उद्घाटन नेकपा एमाले जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले गर्नुभयो ।
उद्घाटन शत्रमा नेकपा एमाले केन्द्रिय सदस्य शुशील श्रीवास्तव, केन्द्रिय निर्वाचन अयोग सदस्य झविलाल पोखरेल, प्रदेश कमिटि सदस्य डम्मर शर्मा, खुम आचार्य, जगदीश प्रसाद गुप्ता, जिल्ला अध्यक्ष बाबुराम खनाल, सचिव सिवि गहतराज लगाएतका नेताले शुभकामना व्यक्त गरेका थिए ।
नगर अधिवेशनमा १ सय ४६ जना नगर प्रतिनिधी रहेका छन् । २५ सदस्यीय नगरकमिटिको निर्वाचन प्रकृया आजै शुरु भएको निर्वाचन कमिटिका संयोजक भिष्मराज भुसालले जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्ता भएसंगै नगर कमिटिको सदस्य र उपसचिव पदमा सर्वसम्मत भएको छ भने नगर अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन हुने सम्भावना रहेको छ । अध्यक्ष पदमा ३ जना गोपाल प्यारे चन्देल, मेहताव आलम खाँ र महेश कलवार जयसवालको उम्मेदवारी परेको छ । उपाध्यक्षमा समसुल हुदा र रामलौटन यादव रहेका छन् भने सचिव पदमा प्रहलाद प्रसाद पाण्डेय र दिपेन्द्र कुमार चौधरी कुर्मीको उम्मेदवारी परेको छ । भोली शुक्रबार विहान ८ बजे सहमतीको लागि छलफल गरिने सहमति नभए निर्वाचन बाट नेतृत्व चयन हुने जिल्ला सचिब सिबि गहतराजले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  १० : ४२ बजे