३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुमा लागु औषध सहित २ जना पक्राउ



मायादेवी अनलाइन, कृष्णनगर ।

कपिलवस्तुमा लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५ मिलिग्राम सहित २ जना पक्राउ परेका हुन् ।

शिवराज नगरपालिका–६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  ५ : ४३ बजे