२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सात दिनपछि उच्च अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो ।

यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बढेको थियो । त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले उकालो लागेको हो । बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

बिहीबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  ३ : ३१ बजे