२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

तौलेश्वरनाथ मन्दिरः ६ बर्षमा १ करोड ११ लाख बढी भेटी संकलन



मायादेवी अनलाइन, तौलिहवा ।

तौलेश्वरनाथ महादेब मन्दिरमा ६ बर्षमा कुल १ करोड ११ लाख ३२ हजार ८०६ रुपैया आम्दानी र १ करोड १४ लाख ९९ हजार ६१५ रुपैया खर्च भएको छ । बुधवार तौलेश्वरनाथ महादेव शिवजी मन्दिर संचालक समितिको चौथो अधिबेशन तथा साधारण सभामा कोषाध्यक्ष शिवदास अकेलाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सो बिवरण पेश गरेका हुन ।

कार्यक्रममा बोल्दै पुर्व सांसद बुजेश कुमार गुप्ताले नेपालको दोस्रो पशुपतिनाथको रुपमा प्रसिद्धि प्राप्त तौलेश्वरनाथको मन्दिरमा मन्दिरमा जिल्ला र देशका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लाहरु, दाङ, अर्घाखाँची, रुपन्देही र भारतका विभिन्न क्षेत्रहरु बट यस मन्दिरमा विशेष गरी श्रावण महिनामा जलार्पणका लागि भक्तजनहरु आउने गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले नेपालसंगै भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेकाले यसको थप स्तरउन्नती र प्रचारप्रसारममा जोड दिनुपर्ने बताए ।

यस्तै कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले तौलेश्वरनाथ मन्दिरसँगै नगरका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि आफूले प्रदेश, केन्द्रसरकारसँग सहकार्य गरी अघि बढ्ने र धार्मिक पर्यटन आकर्षणको केन्द्र बनाउने बताए ।

कार्यक्रम समितिका अध्यक्ष राम कुुमार गुप्ताको अध्यक्षतामा संपन्न भएको हो । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर, सहायक प्रजिअ भबिस्वर घिमिरे, बरिष्ठ समाजसेबी हरिराज शर्मा, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, लायन्स क्लव अफ प्राचिन कपिलवस्तु अध्यक्ष सतोष कसौधन, अबुर्दरोग निवारण संघका अध्यक्ष राजेश ज्ञवाली, राम दयाल ठाकुर, सुरेन्द्र लम्साल, माया ज्ञवाली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

जिल्लाको सदरमुकाममा अवस्थित यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ । यो मन्दिर यस जिल्लाकै प्राचीन मन्दिर हो । यस मन्दिरमा पूजा अर्चना, विवाह, ब्रतवन्ध, धार्मिक प्रवचन आदि हुने गर्दछ ।

मन्दिरमा दैनिक भक्तजनहरुको भीड लाग्ने गर्दछ भने विशेष गरी हिन्दुहरुको महानपर्व महाशिवरात्री पर्वमा यस मन्दिरमा भव्य पूजा अर्चना हुने गर्दछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  १० : ४१ बजे