२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा



बुटवल ।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।

बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा नियुक्त भएदेखि नै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका– १७, परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप उनीमाथि लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले सो हत्या प्रकरणमा कारबाहीको माग गर्दै राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१ बुधबार ००:००  ३ : १७ बजे