३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रोल्पामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ



काठमाडौं ।
रोल्पामा हजुरबुवाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।

सोमबार दिउँसो थवाङ गाउँपालिका-२ जाजरकोट टोलमा ७१ वर्षीय सारू रोकाको हत्या भएको हो।

उनको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए।

नाति रामकुमारले भरूवा बन्दुकको कुन्जाले टाउकोमा हिर्काएर हजुरबुवा सारूको हत्या गरेको आरोप छ।

उनीहरू दुबै जना सोमबार भोजबाट मापसे गरी फर्किएका थिए। मापसे गरी फर्किएका उनीहरूबीच झगडा भएपछि नातिले बन्दुकको कुन्जाले हिर्काएको डिएसपी लामाले बताए।

‘घटनामा ठूलो कारण केही देखिएको छैन। भोजबाट मापसे गरी फर्किँदा झगडा भएपछि हत्या भएको देखिन्‍छ,’ उनले भने।

सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ। शव रेउगा अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१ मंगलबार ००:००  ३ : २२ बजे