२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ



काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।

क्यानले आज एक कार्यक्रमका बीच नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।

क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।

लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरि भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरिएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१ मंगलबार ००:००  ११ : ४४ बजे