३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काठमाडौं नदी किनारका बस्ती जोगाउन एकीकृत समाजवादीको माग



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नदी किनार बस्तीको पक्षमा उभिने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीका काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुर अध्यक्ष हरिकृष्ण थापा र ललितपुर अध्यक्ष श्याम बस्नेत सहितको टोलीले सर्वोच्चको आदेशबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए ।

उक्त टोलीले ध्यानाकर्षण गराउँदा अध्यक्ष नेपालसँगै वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु जगनाथ खतिवडा र गंगालाल तुलाधार र महासचिव घनश्याम भूसाल सहित नेताहरु उपस्थिति थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१ आइतबार ००:००  ३ : ०२ बजे