३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तुसहित लुम्बिनीका ६ वटा जिल्लामा आज सार्वजनिक बिदा



काठमाण्डौ ।

दाङसहित पश्चिम तराईका ६ वटा जिल्लामा थारु समुदायले मनाउने ‘बडका अट्वारी’ पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकाले बिदा दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायमा महत्त्वका साथ मनाइने अट्वारी पर्व यस वर्ष आज परेको हो । यो पर्वमा थारु समुदायका पुरुषहरू व्रत बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१ आइतबार ००:००  २ : ५४ बजे