३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

हैदराबादी मट्का बुटवलले कुहिएको मासुबाट विरयानी बनाउने गरेको पुष्टि



बुटवल ।

हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो ।

बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको बताए ।उनले कार्यालय खुल्ला भएपछि मात्र कार्यविधि अनुसार जरिवाना गर्ने बताए ।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

‘भाडा माज्ने ठाउँ फोहोरो थियो । भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो । भाडा माज्ने ठाउँमा सिंगो मासु त्यहि सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१ शनिबार ००:००  ५ : ५९ बजे