३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्व. ईश्वर गिरीको सम्झनामा श्रद्धाञ्जली सभा



बाबुराम रायमाझी ।

नेकपा ९एमाले० वाणगंगा वडा कमिटी ७ नं को आयोजनामा पार्टी संगठित सदस्य स्वर्गीय ईश्वरी गिरिको ८औं दिनको पुन्यतिथीमा बनगाई स्थित गिरि निवासमा शोक सभा सम्पन्न गरिएको छ। शोक सभामा स्वर्गीय ईश्वर गिरिको स्मरण गर्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

शोक सभामा प्रमुख अतिथिका रूपमा सहभागी लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वर्गीय गिरिको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै उहाँले आफ्नो उद्योगमार्फत धेरै जनालाई रोजगार प्रदान गर्नुभएको र उहाँको निधनले पार्टीलाई मात्र नभई सम्पूर्ण समाजलाई ठूलो क्षति पुगेको बताउनुभयो। उहाँले गिरि परिवारमा परेको शोकलाई शक्तिमा रूपान्तरण गर्दै उहाँको स्मृतिमा सामाजिक र राजनीतिक क्षेत्रमा थप सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उपस्थित केन्द्रीय निर्वाचन कमिटीका सदस्य झविलाल पोख्रेलले स्वर्गीय ईश्वर गिरिको असामयिक निधनले पार्टीमा ठूलो क्षति भएको बताउँदै, गिरि परिवारले पार्टीको प्रगति र संगठन निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। उहाँले स्वर्गीय गिरि परिवारको योगदानलाई कहिल्यै भुल्न नसकिने धारणा राख्नुभयो।

शोक सभामा स्वर्गीय गिरिका दाजु तथा समाजसेवी नेत्रज्योति गिरिले आफ्नो भाइ ईश्वरी गिरिको जीवनी, संघर्ष र योगदानबारे चर्चा गर्दै असामयिक निधनले परिवार र समाजमा परेको गहिरो असरबारे प्रकाश पार्नुभयो। उहाँले आफ्नो भाइले गरेका समाजसेवा र पार्टीप्रतिको निष्ठाको उल्लेख गर्दै उहाँलाई सच्चा सम्मान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ईश्वरी गिरी २०२७ साल कात्तिक १७ गते जन्मनु भएको । प्युठानको नौ बहिनी गाउँपालिकाको वडा नं। २ मा बुवा वेगम गिरी र आमा हस्तादेवी गिरीको १० भाई छोरा र २ दिदी वहीनी मध्येका छैठौं सन्तान ईश्वरी गिरि हुन । स्व।ईश्वरी गिरीका दुई छोरी र १ छोरा रहेका छन् । गिरीले बुटवलमा विगत केही वर्ष देखि गारमेन्ट उद्योग सञ्चालन गर्दै आउनु भएको थियो ।

स्वर्गीय ईश्वर गिरिको यही भाद्र १५ गते बुटवलमा मोटरसाइकल दुर्घटनामा परेर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। शोक सभा कार्यक्रममा वडा कमिटी अध्यक्ष प्रताप कुमार गिरिको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव हरिशंकर पौडेलले गर्नुभएको थियो। कार्यक्रममा वाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, जिल्ला कमिटी उपाध्यक्ष, प्रदेश कमिटीका सदस्यहरू, अगुवा कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २२ भाद्र २०८१ शनिबार ००:००  ५ : ३७ बजे