३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बमको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण



एजेन्सी ।

मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ।

२४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो। धम्की दिनेको खोजी भइरहेको बताइएको छ। भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।

टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन्।

प्रकाशित मिति : २२ भाद्र २०८१ शनिबार ००:००  १० : ५४ बजे