३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बाढीले बगाउँदा बागलुङमा २ जनाको ज्यान गयो, एक जना बेपत्ता



बागलुङ ।

बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र त्यही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१ शुक्रबार ००:००  ८ : ५७ बजे