३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

लुम्बिनीसहित यी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाण्डौ ।

मनसुनी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै ठाउँमा गएराति ठूलो पानी परेको थियो । महाशाखाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१ बुधबार ००:००  ८ : २० बजे