३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

कोइली खोला (ख) पुल निर्माणकाे शिलान्यास 



बाबुराम रायमाझी ।

वाणगंगा नगरपालिका वडा नं. ९ अन्तर्गत कोइली खोला (ख) मा ७० मिटर लम्बाईको पुल निर्माण कार्यको शिलान्यास गरिएको छ। वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले कपिलधाम वैदिक संस्कृत गुरुकुलमका बटुकद्वारा स्वस्तिक बाचन गराई विधिवतरुपमा पुलको शिलान्यास गरेका थिए ।

श्री श्रेष्ठ / एनबि जे.बि. कन्स्ट्रक्सन बुटवल, रुपन्देहीले ९ करोड ३ लाख ७८ हजारको लागतमा पुल निर्माणको जिम्मा पाएको छ। ठेकेदार कम्पनीले आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ। 

शिलान्यास कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल र वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायत विभिन्न स्थानिय समुदायको उपस्थिति रहेको थियो। पुल निर्माण कार्य सुरु भए संगै स्थानीय बासिन्दाहरूमा उत्साह छाएको छ। ठेकेदार कम्पनीले निर्माण कार्यलाई तीव्र गतिमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वडाबासीहरूले समयमै पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्, जसले गर्दा यस क्षेत्रको यातायात सुगम बनाउन महत्वपूर्ण योगदान पूग्नेछ।

बिगतका बर्षमा यस ठाउँमा पक्की पुल नहुदा कोइली खोलाले दर्जनौंको ज्यान लिइ सकेको स्थानीयबासी बताउँछन् । पुल निर्माण पछी बनगाइ -डाेहटे अर्घाखाँची सडक सहज हुनेछ । बनगाइ राजमार्गदेखि डाेहटे अर्घाखाँचीको दुरि १३ किलोमिटर पर्दछ । जस्ले गर्दा भारतिय सिमा खुनुवा देखि तौलिहवा सदरमुकाम  कपिलवस्तु नगरपालिका सिमसार क्षेत्र जगदीशपुर, वाेलवमधाम लक्षमणघाट, कपिलधाम हुदै अर्घाखाँचीको धार्मिक ,ऎतिहासिक,पर्यटकिय स्थल सुपा देउराली मन्दिरको दर्शन गर्न  एबम पर्यटकिय र रमणीय स्थल नरपानीको भ्रमणको लागि  राम्रो गन्तव्य हुने वाणगंगा ९ का वडा अध्यक्ष कमल पौडेलले बताए।

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  १० : २० बजे