३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पौडी खेल्ने क्रममा बेपत्ता वाणगंगाका २ युवाको शव फेला (अपडेट)



मायादेवी अनलाइन, जितपुर ।

नुहाउनेक्रममा खोलाले बगाउदा बेपत्ता २ जनाको शव फेला परेको छ । कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका २ का २८ वर्षिय उमेश पौडेलको शव ढाव कुलाको बाधमा भेटिएको हो भने किशोर रास्कोटीको शव हडाह कुलोको बाधमा भेटिएको हो ।

उनिहरु मंगलबार दिउँसो चार जना साथीहरु पौडी खेल्न खोलामा गएका थिए। खोलामा खेल्दै गर्दा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको थियो। पौडिन नसक्दा उमेश र किशोरको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई साथीहरु पौडिएर ज्यान बचाउन सफल भएका छन्।

घटनापछि स्थानीय र सुरक्षाकर्मीहरुले खोजी अभियान चलाएका थिए। घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य गरेपनि सकुसल भेटाउन सकेन केहि पर उनिहरुको शव फेला परेको थियो ।

शव भेटिएको क्षेत्र क्षेत्र घटना स्थल देखि करिब ५००-६०० मिटरको दुरीमा पर्दछ । शवलाई पोस्टमाटमका लागि पिपरा अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो पनि

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  ६ : ४४ बजे