३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

खोलाले बगाउदा कपिलवस्तुका २ जना बेपत्ता



बिष्णु कुमार आले, अर्घाखाँची ।

नुहाउनेक्रममा खोलाले बगाउदा अर्घाखाँचीको सिमलपानीमा २ जना बेपत्ता भएका छन् ।

शितगंगा १४ ढाबा स्थित छहरे खोलाको झरनामा नुहाउन पुगेका कपिलवस्तु बाणगंगा २ का २८ बर्षिय उमेश पौडेल र सोही ठाउँ बोडगाउँ बस्ने २३ बर्षिय किसोर रास्कोटी लाई छहरे खोलाले आज दिउँसो करिव साढे दुई बजेको समयमा बगाउदा बेपत्ता भएका हुन । अन्य दुई जना भने पौडि खेलेर ज्यान जोगाउन सफल भएका छन् ।

अहिले घटनास्थलमा स्थानियले बेपत्ता २ जनाको खोजीकार्य गरिरहेका छन् । झरना निकै ठाडो भएकाले वेपत्ताहरूको खोजि गर्न अप्ठ्यारो भैरहेको वताईएको छ । पुर्ण बिवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  ४ : ४७ बजे