३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कपिलवस्तुमा लागु औषध सहित दुई जना पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।

आइतबार कृष्णनगरको यात्रुगेटबाट भारत तर्फ जादै गरेकी रुकुम जिल्ला साबिक कोल गाविस ५ स्थाई घर भइ हाल कपिलवस्तुको शिवराज १ चैनपुर नौडिहवा बस्ने ६४ वर्षिय कलिसरा पुनलाई पक्राउ गरेको हो ।

पुनलाई रोकी चेकजाच गर्दा उनको साथबाट बाट १.४४६ किलोग्राम लागु औषध (चरेस) जस्तो देखिने कालो गिलो पदार्थ बरामद गरिएको हो ।

उनलाई नियन्त्रणमा लिइ थप सोधपुछ गर्दा उक्त लागु औषध लिन भारतबाट एकजना पुरुष आउने जानकारी गराएकी थिइन । सोही जानकारी पश्चात पुरुषलाई पनि पक्राउ गरिएको हो ।

प्रहरीले भारतको हिमाचलबाट आएका रुकुम पश्चिम बाफिकोट गाउँपालिका ७ मकामा बस्ने ४० वर्षिय भिमसेन खत्रीलाई समेत नियन्त्रणमा लिएको हो ।

खत्रीको साथबाट नगद भारु १ लाख दश हजार समेत फेला परेको छ । उनिहरुमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  ४ : २६ बजे