३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर



काठमाडौं ।

कयौँ पटक भविष्यमा हुने केही घटना विशेष गरी आर्थिक हानीका संकेत हामीले पहिले नै पाउन पनि सक्छौँ । यदि यी संकेतलाई बुझ्न सकिए आर्थिक हानीबाट बच्न सकिन्छ ।

कहिलेकाहीँ घर बाहिर निस्किने बेला हुने अनौठो घटनामार्फत हामीले भविष्यका आर्थिक हानीबारेमा जानकारी पाउन सक्छौँ । यस्ता कुन कुन संकेतमार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा पाउन सकिन्छ ।

कहीँ कतै यात्रामा निस्किँदा वा शुभ कार्यको लागि निस्किँदा हाच्छ्युँ आउनुलाई बुढापाकाले अशुभ भन्ने गर्छन् । यसो हुँदा कुनै न कुनै रूपमा काम बिग्रिन सक्ने संकेत गर्ने उनीहरूको तर्क छ ।

बुढापाका मानिसहरूको सुझाव अनुसार यसरी घर बाहिर निस्कनेबित्तिकै हाच्छ्युँ आएमा केहीबेर रोकिनु पर्दछ । र, सम्भव भए घर फर्किनु पर्दछ । घरमा केही मिनेट बसेपछि काममा गए अशुभ समय टर्ने मान्यता र जनविश्वास छ । तर पछिल्लो समय यी कुराहरूमा ध्यान दिने चलन करिब हटिसकेको छ।

हाच्छ्युँ रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । हाच्छ्युँ रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँलाई रोक्न नहुने बताउछन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  ११ : ५५ बजे