३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एमाले बुद्धभूमिको अध्यक्षमा न्यौपाने निर्वाचित



बुद्धभूमि ।

नेकपा एमाले बुद्धभूमि नगर कमिटीको अध्यक्षमा ध्रुब प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा शनिबार सम्पन्न पाटीको दोस्रो अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा रोमबहादुर थापा क्षेत्री, सचिवमा नारायण प्रसाद पन्थी, उपसचिवमा कर्ण बहादुर महरासहित ५१ सदस्यीय पदाधिकारी निर्वाचित भएका छन् ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं कपिलवस्तु ईन्चार्ज समेत रहेका लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले पार्टीलाई बुद्धभूमि नगरपालिका क्षेत्रमा सुदृढ बनाउने गरि अघि बढ्न निर्देशन दिए ।

नवनिर्वाचित टिम आगामी ८४ को निर्वाचनमा विगतमा भन्दा राम्रो परिणाम ल्याउने गरि अहिलै देखि लाग्ने र फरक परिणाम ल्याउने गरि काम गर्ने उनको विश्वास छ । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, पूर्वसांसद तथा केन्द्रिय सदस्य वृजेश कुमार गुप्ता, पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्ष डम्मर शर्मा, झविलाल पोख्रेल लगायतले शुभकामना दिदैं पार्टीलाई तीब्र रुपमा चलायमान बनाएर सुदृढीकरणको अभियानमा लाग्न आग्रह गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुले जनस्तरमै पुगेर काम गदैं पार्टी सुदृढिकरणको अभियानलाई शसक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१ सोमबार ००:००  ७ : ३७ बजे