३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा बीमा कार्यक्रमको शुभारम्भ



दिपक खड्का, चन्द्रौटा ।

हरेक काममा चुनौती हुने भएकोले चुनौतीको सामना गर्न कर्मचारीहरु तयार हुनुपर्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले बताउनु भएको छ । आइतबार शिवराज नगरपालिकाको वडा न ५ स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा सुरुभएको स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गर्दै उहाले यस्तो बताउनु भएको हो ।

मेयर थापाले आर्थिक वर्ष २०८१-०८२ मा शिवराज नगरपालिकाको हरेक वडाहरुमा विशेषज्ञ सेवा सञ्चालनको कार्य योजना रहेको जानकारी गराउनुभयो । उहाले स्वास्थ्य बीमा कार्यक्रमले यस क्षेत्रका नागरिकलाई धेरै सहयोग मिल्ने बताउदै कार्यक्रमको पूर्ण लाभ लिन अनुरोध गर्नुभयो । साथै स्वास्थ्य बिमा कार्यक्रमको लाभ स्थानीयले बिना झन्झट पाउनुपर्ने बताउनुभयो ।

आइतबारबाट वडा नम्बर ५ मा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दुका रुपमा स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ भएको छ ।

यस क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम नहुँदा विभिन्न रोगको उपचार र बीमाको लाभ लिन स्थानीय अन्यत्र धाउनुपर्ने थियो । यो कार्यक्रम संचालनमा आएपछि बिरामीलाई सेवा लिन सहजहुने स्थानिय समाजसेवी सन्तोष चौधरीले बताउनुभयो ।

नेपाल सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवा सहजताका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । हालसम्म कपिलवस्तुमा जिल्ला अस्पताल तौलिहवा, पिपरा स्वास्थ्य चौकी, बहादुरगंज शिवराज अस्पताल, महाराजगंजअस्पताल, मायादेवी स्वास्थ्य चौकी र छैठौं शिवराज आधारभूत सेवा अस्पताल चन्द्रौटा मा बीमा कार्यक्रम रहेको छ ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बीमा कार्यक्रम मार्फत यस क्षेत्रका नागरिकहरुलाई ११ सय किसिमको औषधिहरु उपलब्ध हुने बताउनुभयो । ।

कार्यक्रममा अस्पतालका मेसु अमित पाण्डेले बीमाको औषधि दाबीका लागि तुरुन्त इन्डोर सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।। पाण्डेले बिमा कार्यक्रम सञ्चालनका लागि ३ बेडवाट सेवा सुरुवात गर्नुपर्ने र बीमा सुविधा दाबीका लागि ४८ घण्टा सम्म बिरामी अस्पतालमा भर्नाहुनुपर्ने नियम भएको जानकारी गराउनुभयो ।

स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका संयोजक वरिष्ठ तिवारीले ३५ सय रुपैयामा स्वास्थ्य बीमाहुने र एक वर्ष भित्र कुनैपनि रोग लागेमा रु एक लाख रुपैया सम्मको भुक्तानी हुने बताउनुभयो । । नेपाल सरकारवाट उपलब्ध हुने अन्ठान्नब्बे किसिमको औषधी बाहेक अन्य औषधीको दाबी रकम भुक्तानीहुने तिवारीले बताउनुभयो ।

शिवराज स्वास्थ्य सेवा अस्पताल कपिलवस्तुको छैंठो बीमा दिने सेवा प्रदायकको रुपमा सुचिकृत भएको बताउदै मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडाले जिवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकोले बीमा कार्यक्रम यसक्षेत्रमा प्रभावकारी बताउनुभयो ।
शिवराज नगरपालिकाका सामाजिक विकास शाखा संयोजक टेकलाल सापकोटाले एक वर्ष देखि प्रयास भइरहेको स्वास्थ्य बीमा कार्यक्रमको शुभराम्भ हुनु यस क्षेत्रका बासिन्दाहरुका लागि खुसिको विषय भएको बताउनुभयो ।

मन्तव्य राख्दै शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले बीमा कार्यक्रम नगरवासीका लागि वरदान र जीवन सुखि हुनका लागि स्वास्थ्य हुन जरुरी भएको मा जोड दिनुभयो । औषधि खरिदमा हुने ठुलो चलखेल वाट बच्नु पर्ने र आफु मेयर हुदाँ चालिस लाख रुपैया बराबरको औषधी टेन्डर गर्दा १८ लाख रुपैयामा उपलब्ध भएको स्मरण गराउदै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले अस्पताल सञ्चालनका लागि सबै सरोकारवालाहरुलाई सकारत्मक सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रम शिवराज स्वास्थ्य सेवा अस्पतालका प्रमुख बिरेन्द्र मिश्रको संचालन र अस्पतालका अध्यक्ष नेत्र प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१ सोमबार ००:००  ७ : ३१ बजे