३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेकपा एमाले बुद्धभूमिमा न्यौपानेको अध्यक्षतामा कमिटि चयन



विकास बन्जाडे, कपिलवस्तु ।
नेकपा एमाले बुद्धभूमिको दोस्रो नगर अधिवेशनले सर्वसम्मत रुपमा आगामी ३ बर्षका लागी धु्रव प्रसाद न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि चयन गरेको छ । जसको उपाअध्यक्षमा रोम बहादुर थापा, सचिवमा नारायण प्रसाद पन्थी, उपसचिवमा कर्ण बहादुर महरा सहितको ५१ सदस्यीय कमिटि गठन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु इन्चार्ज एवं प्रदेश सांसद गिरिधारीलाल न्यौपानेले समृद्ध नेपाल, सुःखी नेपालीको सपना साकार पार्न बुद्धभुमी एमालेले विगतका गल्तीबाट पाठ सिक्दै मिशन चौरासी पुरागर्न आजैका दिनबाट एकताबद्ध भएर अगाडी बढ्न सुझाव दिनुभयो । कार्यक्रममा पुर्व माननिय बृजेश कुमार गुप्ता, पुर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सांसद विष्णु पन्थी, निर्वाचन आयोगका केन्द्रिय सदस्य झविलाल पोखरेल, पार्टि जिल्ला अध्यक्ष बावुराम खनाल, पुर्व जिल्ला अध्यक्ष डम्वर शर्मा, महिला नेत्रृ शारदा शर्मा लगायतले शुभकामना दिंदै आगामी हुने तिनै तहका निर्वाचनमा बुद्धभुमी एमाले पहिलो पार्टि बनाउन आग्रह गदैं नगर कमिटिका पदाधिकारीलाई शुभकामना दिनुभएको थियो ।

नगर अधिवेशनका महिला दिदीबहिनीहरुले नेपाली मौलीक तिज गित र नृत्यबाट सहभागीलाइ थप मनोरन्जन समेत दिलाएका थिए भने पुराना एमाले नेता तथा समर्थकलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  ९ : ५८ बजे