३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एमाले वाणगंगाको नयाँ नेतृत्व चयनपछि पहिलो वैठक : भाद्र २९ गते सवै वडाको अधिवेशन



बाबुराम रायमाझी ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाणगंगा नगर कमिटीको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टीको नीति विधि र पद्धति अनुसार चल्न सबैलाई आग्रह गर्नुभएको छ । नेता न्यौपानेले पार्टी, नेता र नेतृत्वको विरुद्ध सामाजिक संजालमा लेखे कारबाही हुने बताउदै पार्टीले गरेको राम्रा कामको भने प्रचार प्रसारमा सामाजिक संजाल तथा मिडियाको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले कमिटीलाई महिला तथा युवा सदस्यहरुको संख्या विस्तारमा विषेश ध्यान दिन आग्रह गर्नुभयो ।
बैठकमा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, जिल्ला अध्यक्ष बाबुराम खनाल, संविधान सभा सदस्य तथा पूर्व जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला कमिटी सदस्य एवं नगर इन्र्चाज युवराज पोख्रेल लगाएतले बोल्दै नगर कमिटी सदस्यहरुले पार्टीलाई चलायमान बनाउनु पर्ने बताउदै पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नव निर्वाचित वाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले पार्टी सदस्यहरुलाई गुमनाम हुने छुट भएपनि बदनाम हुने छुट भने नरहेको बताउनुभयो । बैठकमा अध्यक्ष सोमनाथ अर्यालले ५ बुँदे प्रस्तुत गर्नुभएको महत्वपूर्ण प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकले बाणगंगा नगरपालिका भित्रका सबै वडामा आगामी भदौ २९ गते ११ बजे एकै साथ सबै वडामा वडा अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै आवधिक कार्ययोजना निमार्ण गर्ने, नगरकमिटी सदस्यहरुको लेवि तोक्ने र संकलन लगाएतको महत्वपूर्ण निर्णय गरेको छ । पार्टीको कामलाई प्रभावकारी बनाउन व्यवस्थित कार्यालय, प्रविधीमैत्री कार्यशैली र पारदर्शीतालाई मुख्य प्राथमिकता दिइएको प्रस्तावलाई नगर कमिटिले सर्वसम्मत पारित गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिम थापाको स्वागत तथा सचिव चेतनारायाण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

आजको वैठकले खादा मालालाई पनि निषेध गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  ९ : ३७ बजे