२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

गुल्मीमा खोलाले बगाउँदा किशोर बेपत्ता



गुल्मी ।

गुल्मीमा खोलाले बगाउँदा किशोर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका ८ मजुवाका मनबहादुर कुमालका छोरा १६ वर्षीय असिम कुमाललाई खोलाले बगाएको हो।

आइतबार बिहान साढे ८ बजेतिर माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, डीएसपी शंकर पोखरेलले जानकारी दिए।

प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली, सशस्त्र प्रहरी विपत उद्धार बेसबाट सहायक प्रहरी नायब निरीक्षक खडग पेमीको कमाण्डमा सातजनाको टोली र स्थानीयसमेत खोजी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  १० : ४३ बजे