२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

रुपन्देही र चितवनमा अति ठूलो वर्षा, ठूला नदीहरुमा ‘रेडअलर्ट’ जारी



काठमाण्डौ ।

रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको भवानीपुरमा ९५ दशमलव ६ मिलिमिटर र तिलोत्तमामा ८९ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ । अहिले कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बुसहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै कपिलवस्तुका विभिन्न ठाँउमापनि वर्षा भैरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  १० : ३८ बजे