२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

सिमलताल दुर्घटनामा तीनजना घाइते



काठमाडौं ।

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किँदा तीनजना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग२ख ११०८ नं. को आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस ठोक्किएका हुन्।

ट्रकमा सवार तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ । बस चालक फरार रहको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  ८ : ३७ बजे