२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

लुम्बिनीसहित यी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाण्डौ ।

आज बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा बदलीसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि बादल लागेको छ । दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहान चितवन, खोटाङ, मोरङलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  ८ : ३१ बजे