३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नव प्रभात सामुदायिक वनले आज तीज गीत प्रतियोगिता गर्दै



कपिलवस्तु ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुले हरितालिका तीजको अवसरमा टोल स्तरिय तीज गीत प्रतियोगिता आयोजना गर्दैछ। यहि भदौ १५ गते आज समुह भित्र रहेका ५ वटा टोल सामुदायिक वनले विभाजन गरेका टोलहरुबाट प्रतिनिधित्व हुने गरि टोल स्तरिय तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो ।

समूहको घाटगद्धि स्थल बन्डौलिमा उक्त कार्यक्रम हुने र सहभागि टिममा बाध्य बाधन सहित बढीमा ८ जना हुनु पर्ने तथा प्रतियोगिताको समय १२ मिनेटको हुने कार्यक्रम संयोजक सिता भुसाल पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितमा प्रथम पुरस्कार रु ८ हजार, द्धितीय पुरस्कार रु ६ हजार ४ सय, तृतीय पुरस्कार रु ४ हजार ८ सय, सान्त्वना पुरस्कार रु ३ हजार २ सय सहित प्रमाण पत्र तथा सहभागि सबै टिमलाइ रु १ हजार प्रमाण पत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।

गितको शिर्षकः वन, वातावरण तथा जैविक विविधता सम्वन्धि हुनु पर्नेछ । वन संरक्षण, वन व्यवस्थापन, सामाजिक विकास गरिवि निवाकरण महिला सशक्तिकरण स्थानिय सरकार संगको समन्वय, वातावरणिय प्रभाव आदिमा केन्द्रित हुनु पर्ने बताईएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१ शनिबार ००:००  ८ : १० बजे