३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आज सत्रौँ पुस्तकालय दिवस मनाइँदै



काठमाण्डौ ।

आज सत्रौँ पुस्तकालय दिवस मनाइँदैछ । हरेक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम गरी देशभर पुस्तकालय दिवस मनाउने गरिन्छ । यसवर्ष ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाइँदैछ । २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।

राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सत्रौँ पुस्तकालय दिवसको अवसरमा दुई हप्ता अघिदेखि नै सरकारी एवम् गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम भइरहेको छ ।

सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा।दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसको मूल समारोहमा आज पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ ।

मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने तयारी छ । शिक्षा मन्त्रालयको २०७८-७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो ।

तीमध्ये अहिले दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य ठाउँमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१ शनिबार ००:००  ७ : ५७ बजे