३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछः देउवा



काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसदबाट सर्वसम्मत पारित भई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे।

उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ। राष्ट्रपतिज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ। अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ।

त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन्। नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्ने छ भन्ने मलाई विश्वास छ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताए। गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताए।

प्रकाशित मिति : १४ भाद्र २०८१ शुक्रबार ००:००  ७ : २३ बजे