३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीभित्र बेहोस भेटिएका तीन जनाकै मृत्यु



नवलपरासी ।

नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीभित्र बेहोस भेटिएका तीन जनाको मृत्यु भएको छ ।

बिनय त्रिवेणी गाउँपालिका(७ मा स्थानीय भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा सेफ्टिक ट्यांकीभित्र बेहोस भेटिएका तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका(७ का २८ वर्षीय मोहमद राजा रहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

डीएसपी पौडेलका अनुसार सेप्टिक ट्यांकी निर्माणका क्रममा बेहोस अवस्थामा भेटिएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१ शुक्रबार ००:००  ७ : १४ बजे