३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

डिभिजन बन अधिकृत सुबेदिको बिदाइ तथा सम्मान



बाबुराम रायमाझी,भलवाड ।

कपिलवस्तुका डिभिजन बन अधिकृत विजयराज सुवेदीलाई सामुदायिक बनहरुले बिदाई तथा सम्मान गरेका छन् । कपिलवस्तको वनणगंगा ९ खोजीपुरको सभा हलमा एक कार्यक्रमका बीच डिभिजन वन अधिकृत सुबेदिलाई बिदाइ तथा सम्मान गरिएको हो। बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष शेषकान्त बेल्बासेको अध्यक्षता तथा प्रमुख अतिथि बैज्ञानिक वन महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले गरेकी थिइन्। कार्यक्रममा बरिस्ठ उपाध्यक्ष निल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने जिल्लाका सचिव सरिता खनालले कार्यक्रम संचालन गरेकी थिइन् । बक्ताहरुले बन सम्बर्द्धन प्रणालीमा आधारित वनको महत्त्व र यसको कारण समुदायमा भएको विकासका निर्माणका कामहरूबारे चर्चा गरेका थिए।

कपिलवस्तुबाट बर्दिया सरुवा भई गएका डिभिजन वन अधिकृत सुबेदिले कपिलवस्तु जिल्लाबाट सुरु भएको बन सम्बर्द्धन प्रणालीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी प्रदेशमै डिभिजन वन कार्यालय कपिलवस्तु पुरस्कृत भएको बताउदै यसको श्रेय सामुदायिक बन समुह भएकाले सवैलाई धन्यवाद समेत दिए । उनले जिल्लाका सामुदायिक बन उपभोक्ता समूहले देखाएको मायाको सद्भावलाई कहिल्यै नबिर्सने बताए।

प्रमुख अतिथि रेनु सेनले राज्यले बन सम्बर्द्धन प्रणालीलाई कमजोर पार्न खोजेकोमा आक्रोश व्यक्त गरिन्। उनले सामुदायिक बनको हकहितमा सधैं लागि पर्ने प्रतिबद्धता जनाउँदै वैज्ञानिक बन उपभोक्ता महासंघमा सबै सामुदायिक बनलाई एकताबद्ध हुन आव्हान गरिन्।

कार्यक्रममा ७३ वटा सामुदायिक वनका प्रतिनिधिहरूको सहभागीता रहेको थियो। सहभागी सबैले डिभिजन वन अधिकृत सुबेदिलाई मायाको चिनो र दोसल्ला ओढाएर बिदाइ तथा सम्मान गरेका थिए।
कार्यक्रममा मधुवन सामुदायिक बनका अध्यक्ष शान्त बिक्रम पौडेल, अमृते सामुदायिक वनका योगेन्द्र पौडेल, बनका प्रतिनिधी जीवन जि.सि, तिलौराकोट साझेदारी बनका अध्यक्ष जय प्रकाश पान्डे, बैज्ञानिक बन महसंघ प्रदेश अध्यक्ष दिपक कुमार थापा, वाणगंगा ९ का वडा अध्यक्ष कमल पौडेल, बैज्ञानिक बन महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले बन सम्बर्द्धन प्रणालीमा आधारित बन कार्यान्वयन भएपछि बन संरक्षण हुदै बनको आम्दानी संगै समुदायमा बिका निर्माणको कार्य अघि बढेको बताएका थिए । बैज्ञानिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष शेसकान्त बेल्बासेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१ बुधबार ००:००  १० : ४६ बजे