३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लुम्बिनीसहित यी प्रदेशका एक–दुई ठाउँ ठूलो वर्षाको सम्भावना



काठमाण्डौ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही ठाउँमा हल्का पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

आज कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँहरुमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै राति पनि कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१ मंगलबार ००:००  ८ : ५४ बजे