३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तु बस दुर्घटना अपडेटः घाइते ७ जनालाई भैरहवा लगियो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा आज भएको बस दुर्घटनामा घाइते मध्ये ७ जनालाई भैरहवा लगिएको छ ।
आज दिउँसोृ जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा बस पल्टिँदा चालक सहित २४ जना यात्रु घाइते भएका थिए ।
जसमध्य ७ जनालाई थप उपचारको लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा पठाइएको ट्राफिक प्रहरी निरीक्षक अनिस भन्डारीले बताए ।
यस्तै १३ जनाको चन्द्रौटा संजीवनी अस्पतालमा र ४ जनाको आधारभूतअस्पतालमा उपचार भैरहेको छ। चालक प्रहरी नियन्त्रणमा छ ।

प्रकाशित मिति : १० भाद्र २०८१ सोमबार ००:००  ५ : १५ बजे