३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सुर्खेतबाट बुटवल हिँडेको बस कपिलवस्तुमा दुर्घटना, १३ जना घाइते



कपिलवस्तु ।

कपिलवस्तुमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा सोमवार बस पल्टिँदा १३ जना घाइते भएका हुन् ।

सुर्खेतबाट बुटवल तर्फ हिँडेको लु २ ख १५९८ नम्बरको बस पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मोटरसाइकललाई बचाउने क्रममा सो बस एक मिटर तल पल्टिएको हो। १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेको उद्धार गरी अस्पताल पुराएका हुन।

प्रकाशित मिति : १० भाद्र २०८१ सोमबार ००:००  ४ : ४० बजे