३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर काठमाण्डौको नयाँ भवन उद्घाटन गर्नुभएको छ ।

आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो । भवनमा सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना छ ।

यो भवनमा टेकुबाट काठमाण्डौ प्रहरी गएको असार २६ गते नै सरेको थियो । आज औपचारिक उद्घाटन भएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८१ सोमबार ००:००  २ : ०३ बजे