३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

आज ४ प्रदेशमा वर्षाको सम्भावना



काठमाडौँ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

प्रकाशित मिति : १० भाद्र २०८१ सोमबार ००:००  ८ : २४ बजे