३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व



कपिलवस्तु ।

आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले आइतबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी (हल ) पर्व मनाएका छन्।

आफ्ना सन्तान र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरुले हर्षोल्लासका साथ सो पर्व मनाएका हुन।

पूजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट नजिकै रहेको जलमा भीड लागेको थियो। विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिलाहरु तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए।

त्यहाँ भक्तजनहरूको भीड लागेको थियो। कतिपय भने आफनै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले व्रत र पूजा पाठ गर्ने गर्दछन्।

उम्रेको कुशको पूजा गर्न भक्तजन महिलाको भीड लागेको थियो। पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ। सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन्। छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको सभावति पाण्डेयले बताईन।

भदौ षष्ठिका दिन बलरामको जन्म दिन परेकोले उनैका पूजाआजा गरी सन्तान र श्रीमानको दीर्घायुको कामनाका लागि यो पर्व मनाउने चलन रही आएको भक्तजनहरु बताउँछन्।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  ४ : २६ बजे