३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको अध्यक्षमा न्यौपाने



कपिलवस्तु ।

रोटरी क्लबअफ सेन्ट्रल कपिलवस्तुले वर्ष २०२४ -२०२५ को पदीय जिम्मेवारी ज्ञानहरि न्यौपानेलाई हस्तान्तरण गरेको छ । शनिबार बाणगंगाको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा तेस्रो स्थापना समारोह कार्यक्रम गदै संस्थापक निवर्तमान अध्यक्ष धर्मराज भट्टराइले वर्ष २०२४ -२०२५ को अध्यक्षको जिम्मेवारी न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य बिष्णु पन्थीले रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुले विगतका दिनमा विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताए।

त्यस्तै संथापक निवर्तमान अध्यक्ष धर्मराज भट्टराइले यो कुनै संगठनको क्लब नरहेको र सेवा गर्ने उदेश्यले समृद्ध समाज निर्माणका निम्ति रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना गरिएको भन्दै आफ्नो कार्यकालमा जस्तै आगामी दिनमा पनि कटिबद्ध भएर कार्य गर्ने बताए ।

त्यस्तै बर्ष २०२४ -२०२५ का अध्यक्ष ज्ञानहरि न्यौपानेले सपथ ग्रहण गरि आफुले पाएको जिम्मेवारीलाई बोधार्थका साथ बहन गर्ने बताए ।

यसैविच आर्थिकअवस्था कमजोर भएकी बालिका ममता क्षेत्रीलाई नगद दश हजार सहित जिन्सि सामग्री सहयोग गरेको छ ।

ज्ञानहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम गोपाल खनालको स्वागत मन्तव्य र सचिब बेदुराम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  १२ : ०८ बजे