३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मंसिर २१ गतेबाट १५ औँ कपिलवस्तु महोत्सव हुने



मायादेवी अनलाइन, चारनम्बर ।

१५ औं कपिलवस्तु महोत्सव यही मंसिर २१ गतेदेखि हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको शनिबार बसेको नियमित बैठकले १५औं कपिलवस्तु महोत्सव मंसिर २१ गतेबाट पुस ३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

महोत्सव मंसिर २१ गतेबाट पुस ३ गतेसम्म बाणगंगाको बुद्धरगंशालामा हुने बताइएको छ । प्रस्तावना लेखनदेखि अन्य समिति गठनको तयारी रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । यस पटकको महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने उनले बताए ।

महोत्सवले यस क्षेत्रको कृषी व्यापार, व्यवसायदेखि पर्यटन प्रर्वदनमा जोड दिने अध्यक्ष क्षेत्रीले बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव नवदत्त घिमिरेले बताए ।

सघंको शनिबार बसेको नियिमत बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । जसमा १५ औँ कपिलवस्तु महोत्सवको संयोजकमा सघंका अध्यक्ष गणेश बहादुर क्षेत्री, बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल निर्देशक, प्रायोजक समिति संयोजकमा सघंका उपाध्यक्ष नारायण पौडेल र स्टल संयोजकका रुपमा युवा ब्यवसायी मिन थापालाई जिम्मेवारी दिने निर्णय भएको महासचिव घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकमा सघंका कानुनी सल्लाहकार गुणनिधि भुसालले कपिलवस्तु उद्योग बाणिज्य सघंको आवधिक कार्य योजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  १२ : ०० बजे