३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रामेछापको लेखर्कमा पहिरोः दुई जनाको मृत्यु, आठ जना बेपत्ता



काठमाण्डौ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् ।

गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले उज्यालोलाई जानकारी दिनुभयो । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उहाँले बताउनुभयो ।

पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पुर्‍याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  ७ : ५७ बजे