३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु



धनगढी ।

कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो।

सर्पले डसेर दुवै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए।

५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सोही समयमा बालिकाकी हजुरआमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  ८ : ३० बजे