३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सुख्खा पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध



काठमाण्डौ ।

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको हो ।

पहिरो निकै ठूलो भएकाले पञ्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक बन्द भएपछि सयौँ यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  ५ : ४६ बजे