३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लुम्बिनीमा वन मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा



बुटवल ।

लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना अधिकृतको एकै पटक सरुवा गरेको छ ।

वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि अधिकृतस्तर आठौंसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र कर्मचारी सरुवा भएका छन् । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति अनुसार अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीले बताए ।

एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको उनको भनाइ छ ।

बन् मन्त्रालयको यो निर्णयबाट दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्न अन्य मन्त्रालयलाई पनि दबाब पुगेको मन्त्रालयका योजना प्रमुख केशव खड्काले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  ३ : ५३ बजे