३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तनहुँ दुर्घटनाः भारतीय सेनाको जहाज आउँदै, सबै शव आजै पठाइने



काठमाडौं ।

तनहुँको मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना हुँदा ज्यान गुमाएका सबै २७ जनाको शव आजै भारत पठाइने भएको छ।

उनीहरुको अहिले चितवनमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम भइसकेपछि सबै शव आजै भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

‘पोस्टमार्टम अन्तिम चरणमा पुगेको छ’ प्रमुख जिल्ला अधिकारी यादवले थाहाखबरसँग भने, ‘अब केहीबेरमा सकिन्छ, सबै शव आजै पठाउँछौँ।’ शव लिनका लागि भारतीय वायु सेनाको विमान चितवन नै पुग्नेछ।

‘भारतीय वायु सेनाको विमान दिउँसो ३ बजे भरतपुर विमानस्थलमा अवतरण गर्ने जानकारी आएको छ।’ चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले भने, ‘काठमाडौं आएर भरतपुर आउने जानकारी छ। पोस्टमार्टम सकिएपछि सबै शव पठाउने तयारीमा छ।’

पोखराबाट काठमाडौं आउने क्रममा शुक्रबार दिउँसो भारतीय पर्यटक सवार भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरानजिक दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो।

घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  २ : २३ बजे