४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुर्घटनामा घाइतेलाई भेट्न र शव लिन भारतका युवा राज्यमन्त्री काठमाण्डौमा



काठमाण्डौ ।

तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस काठमाण्डौ आउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिनका लागि केन्द्रीय राज्यमन्त्रीलाई पठाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

राज्यमन्त्री खडेस त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर घाइतेहरुलाई भेट्ने र शव बुझेर फर्कने कार्यक्रम रहेको छ । हिजो आँबुखैरेनीको ऐनापहरा नजिकै बस दुर्घटना हुँदा २७ जना भारतीय पर्यटकको ज्यान गएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिँदैछ ।

परीक्षण सकेर भारतीय पक्षलाई बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  १ : १५ बजे