४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको छः मन्त्री अधिकारी



मायादेवी अनलाइन, जितपुर ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको उल्लेख गरेका छन् । शुक्रबार सुरु भएको दोस्रो नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले बजेटको बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन्। ”आफ्नो क्षेत्रको विकासको बारेमा जनतामा जिज्ञासा हुनु स्वभाविक हो। नियम र परिधिमा रहेर काम गर्नुपर्ने हुन्छ,” उनले भने। मन्त्री अधिकारीले कपिलवस्तुमा आएको बजेटको व्यापक प्रचार गर्नुपर्ने सल्लाह दिए।

मन्त्री अधिकारीले अधिवेशनलाई जोड्दै बाणगंगामा नेतृत्व चयन सहमतिबाट गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेतृत्व चयनमा सहमति लिने प्रक्रिया अपनाउँदा राम्रो हुने बताएका हुन्। ”पार्टीमा लागेका सबैको नेतृत्वमा पुग्ने चाहना हुन्छ, तर यसलाई अन्यथा लिनु हुँदैन। पार्टीको विधान अनुसार, सहमति हुँदा सर्वसम्मत चयन गरिन्छ, अन्यथा चुनावबाट नेतृत्व चयन हुन्छ,” मन्त्री अधिकारीले भने।

नेतृत्व चयनमा पार्टीको मर्यादाको पनि ध्यान राख्नुपर्ने उनले बताएका छन् । मन्त्री अधिकारीका अनुसार शीर्ष नेतृत्व चयनमा ठूला नेताले प्रतिनिधिहरुलाई स्वतन्त्र छोड्नुपर्ने छ भन्ने संदेश रहेको बुझिन्छ।
शुक्रबार सुरु भएको दोस्रो नगर अधिवेशनमा आज बिहान ९ बजेबाट १२ बजे सम्म निर्वाचन हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  ८ : २१ बजे